कञ्चनपुरमा आठ करोड लगानीमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा — OSNepal

कञ्चनपुरमा आठ करोड लगानीमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा

LC (KTM) July 10, 2021 0

कञ्चनपुर, २६ असार- भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन ।

खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताउनुभयो । “ उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ”,ं उहाँले भन्नु भयो, “उपभोक्ता समेत थपिदै जान्छन ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर