वनकाली उद्यानमा १०० वटा गुर्जोको बिरुवा रोपियो — OSNepal

वनकाली उद्यानमा १०० वटा गुर्जोको बिरुवा रोपियो

LC (KTM) July 10, 2021 0

काठमाडौँ, २६ असार- पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियान अन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ ।मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, पूर्व सहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल, अभियानकर्मी राजलवटलगायतले गुर्जो रोपण गर्नुभएको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको थियो । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधी बनाउन सकिने राजलवटको विश्वास छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर