मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यौनकर्मीको भूमिकामा देखिने भएकी छन् । संजय लीला भंसालीले निर्माण गर्न लागेको नयाँ प्रोजेट वेब सो ‘हीरामन्डी’ मा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चलचित्र ‘गंगुबाई काठियावाडी’ को छायांकन सकेपछि भंसालीले अहिले ‘हीरामन्डी’ को काम सुरु गरेका हुन् ।
सो चलचित्रमा अभिनेत्री सोनाक्षीले काम गर्ने पक्का भएको खबर बाहिरिएको छ । अभिनेत्री सोनाक्षीका पिता अभिनेता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भंसालीसँग काम गरोस् भन्ने रहेको थियो ।सौर्य दैनिकमा खबर छ ।
‘हीरामन्डी’ मा अभिनेत्री हुमा कुरैशीले समेत काम गर्ने पक्का भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार यो प्रोजेक्टमा सोनाक्षी र हुमा दुवै यौनकर्मीका रुपमा देखिनेछन् । अभिनेत्री सोनाक्षीले उक्त भूमिकामा आफूलाई भिजाउन तयारीसमेत सुरु गरेकी छन् ।