ए डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित — OSNepal

ए डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

LC (KTM) March 03, 2023 0

काठमाडौं, १९ फागुन-सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा मेसुकेले ओलुमेउले गोल गर्दै खुमलटारलाई जित दिलाएका हुन् ।

खुमलटारले आज ए डिभिजन लिगमा डेब्यु गरेको हो । उसले पहिलो खेलमा नै जित निकालेर लिगमा सुखद् सुरुआत गरेको हो। उपअधि लक्ष्य लिएको फ्रेन्डसले भने हारबाट लिग सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर