ब्यापारीले मनोमानी गर्दै हरेक तरकारी १ सय रुपैयाँ बढी मूल्य पुर्याएका बेला ओली सरकार रमिते — OSNepal

ब्यापारीले मनोमानी गर्दै हरेक तरकारी १ सय रुपैयाँ बढी मूल्य पुर्याएका बेला ओली सरकार रमिते

LC (KTM) July 10, 2021 0

काठमाडौँ । पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ ।

पहिले दुईरतीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर