श्रीलङ्कामा अधिक तौल, मोटोपनको समस्या बढ्दो — OSNepal

श्रीलङ्कामा अधिक तौल, मोटोपनको समस्या बढ्दो

LC (KTM) March 02, 2023 0

श्रीलङ्कामा पछिल्लो समय व्यक्तिहरूमा अधिक तौल र मोटोपनको समस्यामा उल्लेख्य वृद्धि भएको मपाइएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका नसर्ने रोग एकाइका सामुदायिक औषधि विशेषज्ञ शान्ति गुणवर्द्धनाले तौल बढी भएका व्यक्तिलाई नसर्ने रोग लाग्ने खतरा बढी हुने बताउनु भएको छ ।

उहाँका अनुसार सन् २०१५ मा श्रीलङ्काका २२.५ प्रतिशत पुरुष बढी तौल र मोटो भएको पाइएकामा सन् २०२१ को सर्वेक्षणअनुसार सोको प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ ।यसैगरी सन् २०१५ मा ३४ प्रतिशत श्रीलङ्काली महिला अत्यधिक तौल भएको पाइएकामा सन् २०२१ मा यो सङ्ख्या ४८ प्रतिशत पुगेको पाइएको छ । उहाँका अनुसार अधिकांश श्रीलङ्कालीहरूमा यस्ता समस्याहरू बढ्दै गएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर