काठमाडौं, फागुन १८ – युएईविरूद्ध नेपाललाई दोस्रो सफलता हात परेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्। यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।
युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।
अहिले सम्म एईले २ विकेट गुमाएर १४ ओभरमा ५३ रन बनाएर खेलिरहेको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् ।