काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ ।
पहिले बलिङ गरेको नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् । नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको हो ।
उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट गरे । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् ।