कोरोना लागेका बुवाले छोरालाई सुनाउदै थिए लेनदेनको हिसाब : बुबा पनि बिते, हिसाब किताब टिपेका छोरा पनि रहेनन् — OSNepal

कोरोना लागेका बुवाले छोरालाई सुनाउदै थिए लेनदेनको हिसाब : बुबा पनि बिते, हिसाब किताब टिपेका छोरा पनि रहेनन्

LC (KTM) May 14, 2021 0

घोराही । दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ ।मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृ त्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृ त्यु भएको पाइएको छ ।अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ ९१० का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृ त्यु भएको बताउनुभयो ।नेपाल समाचारपत्रमा छापिएको छ ।

उमरको मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ‘उनी पनि संक्रमित भएको खबर पाएपछि तत्काल कोरोना अस्पताल बेलझुण्डी पठाइएको थियो तर विडम्बनाको उनको पनि त्यही निधन भयो ।’ –प्रदेशसभा सदस्य थारूले भन्नुभयो ।कोरोना संक्रमणका कारण दुई दाजुभाइको मृत्यु भएपछि एकमात्र छोरा रज्जाकलाई बचाउन धेरै प्रयास गरे पनि नसकिएको उहाँले जानकारी दिनुभयो । रज्जाक बुवा बिरामी हुँदा अस्पतालमा कुरुवा बसेका थिए । त्यही क्रममा उनी गम्भीर बिरामी परेपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।अस्पतालमा म बाँच्दिन भन्ने लागेर होला मोहम्मदले आफ्नो ऋण–सापटीको हिसाबकिताब टिप्दै थिए ।

छोराले त्यो कुरा देख्यो । दुवै बाबु–छोरा अंगालो हालेर रोए । छोरो होपलेस भइहाल्यो ।’ त्यही बेलादेखि छोरो झन् बिरामी भएको र अस्पतालमै भर्ना गरेर उपचार गर्नु परेको र उसको पनि सोही क्रममा ज्यान गएको बताइएको छ ।ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृ तकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर