भरुवा बन्दुकसहित दुई जना रौटे जङ्गलबाट पक्राउ — OSNepal

भरुवा बन्दुकसहित दुई जना रौटे जङ्गलबाट पक्राउ

LC (KTM) July 09, 2021 0

बैतडी, २५ असार : भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका–१ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् ।

उनीहरू दुवैलाई बराइल रौटे भन्ने जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । सकार जङ्गलमा चोरी शिकारी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधी खोजी गर्दा दुवैलाई जङ्गलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैमाथि हातहतियार तथा खरखजना ऐनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर