कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अचानक किन पुगे सिमकोट ? — OSNepal

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अचानक किन पुगे सिमकोट ?

LC (KTM) July 09, 2021 0

सिमकोट, २५ असार ः कर्णाली प्रदशेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक सिमकोट आउनुभएको छ ।

लामो समयदेखि प्रदेशसभा बैठक अबरुद्ध हुँदा यही असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन । मुख्यमन्त्री शाही अपराह्न सिमकोट आइपुग्नु भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आउनुभएको थियो ।

सो समयमा उहाँहरुका बीचमा सत्ता साझेदारका विषयमा सल्लाह भएको बताइएको छ । प्रदेश सरकारमार्फत् जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली यहाँ आएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर