पछिल्लो समय बिक्की कौशल र कैट्रीना कैफको सम्बन्धलाई लिएर एकदमै चर्चा चुलिएको छ । बिशेष गरेर उनीहरु एक अर्काको घरबाहिर आवात जावत गरेको देखिदै आएको छ । उनीहरु धेरै जसो इभेन्टहरुमा पनि एकै साथ देखिने गरेका छन् । तर पनि यी दुई कलाकार आफ्नो सम्बन्धलाई लिएर चुप नै रहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडीयो एकदमै तिब्र रुपमा भाईरल भईरहेको छ । जुन भिडियोमा बिक्की कैट्रीनालाई बिबाहका लागि प्रस्ताव राख्दै गरेको देख्न सकिन्छ । तर अचम्मको कुरा के भने यो सबै सलमान खान समेत सुनिरहेका हुन्छन् । सलमानको रिएक्शन यस्तो हेर्न लायकको छ कि जसका कारण उक्त भीडियोको भ्युवर्स पनि एकदमै तेज गतिले बढिरहेको छ ।
यसरी राखे बिक्कीले ठाडो बिबाह प्रस्ताव कैट्रीनालाई
यो भिडीयो एउटा अवार्ड कार्यक्रमको रहेको छ । जहा बिक्की र कैट्रीना स्टेज शेयर गरिरहेको देख्न सकिन्छ । भिडीयोमा बिक्कीले कैट्रीनालाई सुझाव दिदै भन्छन्– तिमी किन एउटा बिक्की कौशल जस्तै राम्रो केटा खोजेर बिबाह गर्दैनौ । बिबाहको सिजन चलिरहेको छ । मलाई लाग्छ तिमी गर्न चाहान्छौ । यसैले सोचे कि तिमीलाई सोधि हालु । कैट्रीना रिएक्ट गर्दै भन्छिन् – के ?
यसैबेला ब्याग्राउण्डमा मुझसे शादी करोगीको म्युजिक बज्न सुरु गर्छ । बिक्कीले पनि गित लजाउँदै गुनगुनाउँछन् र बिबाहको प्रस्ताव राख्छन् । त्यतिबेला कैट्रीनाले मुस्कुराउँदै जवाफ दिन्छिन्– हिम्मत छैन । अडियन्सको सिटमा बसेका सलमानको रिएक्सन भने हेर्न लायकको देखिन्थ्यो । उनले रिएक्ट गर्दै आफ्नी बहिनी अर्पिताको काँधमा आफ्नो टाउको राख्दै सुत्छन् । अनि कैट्रीनाको कुरा सुनेर फेरी अचानक अचम्मित हुदै उठ्छन् ।