काठमाडौं – सोमबार रिहा भएका अभिनेता पल शाह आज काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा भिड लागेको छ । उनलाई भेट्न उनका फ्यान , युट्यूबर र सञ्चारकर्मीको भिड लागेको हो । भीड लागेपछि एयरपोर्टको आन्तरिक टर्मिनल अस्तव्यस्त बनेको छ ।
उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति छ । जेलबाट छुटेपछि पोखरा गएका पल आज पोखराबाट काठमाडौं आउन लागेका हुन् । उनी फ्रेस हुन भन्दै तनहुबाट पोखरा गएका थिए ।
उनी पोखरााबाटै काठमाडों आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बस समेत अवरुद्ध भयो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।