बलिउड अभिनेत्री दिशा पटानी अहिले आफ्ना फ्यानहरुका लागि मुटुको ढुकढुकी नै बनेकी छिन् । उनले आफ्नो फिटनेस लाई कायमै राख्न नयाँ वर्कआउट गरिरहेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यसको अपडेट दिईरहेकी हुन्छिन् ।
उनी बलिउडका अन्य कलाकारलाई फिटनेशका लागि च्यालेन्ज गरिरहेकी छिन् । उनले अहिले एउटा भिडीयो पोष्ट गरेकी छिन् । भिडीयोमा उनले ८० किलोको बारबेल उठाईरहेको देख्न सकिन्छ । यस भिडीयोमा उनको ब्वाईफ्रेण्ड टाईगर श्राफ तथा उनकी बहिनी कृष्णाले रिएक्ट गरेका छन् ।
दिशा वर्कआउट गर्न एकदमै रुचाउने गरेकी छिन् । बिशेषगरी उनी इन्टेन्सन वर्कआउट गर्दै गरेको देख्न सकिन्छन । दिशाको ब्याकफ्लिप्स पनि एकदमै शानदार तरिकाले मार्ने गरेकी छिन् । नयाँ भिडीयोमा दिशाले ८० किलोको तौल उठाएको देख्न सकिन्छ । यो गरेपछि उनी आफुलाई एकदमै राम्रो अनुभव गरिरहेको देख्न सकिन्छ ।
भिडियो शेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्– ८० किलोको एक रेप, धन्यवाद, राजेन्द्र ढोले । उनको यो भिडीयो देखेर टाईगर र उनकी बहिनी कृष्णा पनि एकदमै खुशी भएको देख्न सकिन्छ । टाईगरले भिडीयोमा कमेन्ट गर्दै लेखेका छन्– नेक्स्ट लेभल । टाईगरको बहिनी कृष्णाले मजबुत लेखेकी छिन् । टाईगरको आमा आयशाले पनि कमेन्ट गरेकी छिन् ।
उनले लेखेकी छिन्– यीनी त्यहि केटी हुन् जसले स्क्वाँट्स मार्न सुरु गरेकी थिईन् । त्यो पनि खाली रोडको साहारामा , मेहनत । दिशाको फोटोमा टाईगरको बुवा ज्याकि बाहेक सबैले कमेन्ट गरेका छन् ।