चर्चित अभिनेत्री नोरा फतेहीको फिल्म उद्योगमा गरेको संघर्ष कसै संग लुकेको छैन । नोरा सुष्मिता सेनको आइकनिक नम्बर दिलबर गित पछि एकदमै चर्चामा आएकी थिईन् । यहि गितबाट उनले बलिउडमा अलग पहिचान बनाएकी हुन् ।
डान्स तथा आईटम नम्बरको लागि नोरा फतेहीको नाम नै काफि छ । जोन अब्राहमको फिल्म बाटला हाउस मा एक छोटो भुमीकामा देखीएकी छिन् । यस फिल्ममा उनले ओ साकी साकी रिमिक्स गितमा पनि देखिएकी छिन् । यसको अलावा उनी रेमो डिसुजाको फिल्म एबीसीडी ३ मा पनि देखिएकी थिईन् । पछि उनी सलमान खान स्टारर फिल्म भारतमा पनि देखिसकेकी छिन् ।
टाइगर संगको फिल्म नोराले गरिन् अस्विकार
बलिउड उद्योगमा नोरा फतेही एकदमै उचाईमा पुगिरहेकी छिन् । के तपाई जान्नु हुन्छ नोरा टाईगर श्राफको एक्शन फिल्म गणपतका लागि प्रस्ताव गरिएको थियो । तर उनले यो प्रस्ताव अस्विकार गरेकी थिईन् । फिल्ममा आफ्नो रोल जान्ने बित्तिकै नोराले प्रस्ताव अस्विकार गरेकी थिईन् । नोराका अनुसार अनस्क्रिन टाईमिंग एकदमै कम रहेको थियो । जसका कारण उनले अस्विकार गरेकी थिईन् ।