काठमाडौं -स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरिएको छ । उनीहरुलाई द्धार गरेर उपचारका लागि सातदोबाटोस्थित एक मानसिक अस्पतालमा भर्ना गरिएको छ ।
अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेको हो भने अब सोही संस्थाले आश्रय समेत दिने भएको छ । उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो ।
श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् ।राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए ।
उनीहरुको उपचारका लगाी सहयोग रकम जुटाउन लागिएको अभिनेता श्रेष्ठले बताए । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् । अभिनेता राणाले बसन्ती, बलिदानजस्ता चर्चित फिल्ममा काम गरेका थिए ।