कार्यदलकोे बैठकमा सहमतिको मस्यौदामा छलफल ,भ्याएसम्म आजै अन्तिम रुप दिने प्रयासमा — OSNepal

कार्यदलकोे बैठकमा सहमतिको मस्यौदामा छलफल ,भ्याएसम्म आजै अन्तिम रुप दिने प्रयासमा

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । पार्टी एकताको लागि गठित कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल भइरहेको बताइएको छ ।

आज मध्यान्ह देखि सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिने क्रममा कार्यदलका सदस्य रघुजी पन्तले मस्यौदामा आफुहरुले छलफल गरेको र आफुलाई लागेको सुझाव दिएको बताएका छन् । कार्यदलका सबै सदस्यहरुको सुझावलाई समेटेर भ्याएसम्म आजै अन्तिम रुप दिने प्रयासको भएको समेत नेता पन्तले जनाएका छन् ।

‘हामीले पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदाहरु सहमतिका साथ बनाउने कोसिस गरिरहेका छौं ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर