कैद फैसला सुनाइएका सानुकान्छा ११ वर्षपछि पक्राउ — OSNepal

कैद फैसला सुनाइएका सानुकान्छा ११ वर्षपछि पक्राउ

LC (KTM) July 09, 2021 0

टिस्टुङ, २५ असारः मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो छन् ।

अदालतले उनलाई विसं २०६७ मङ्सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र रु ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो ।

यसपछि फरार रहेका लोलाई आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट आज पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयेश्वर रिमालले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर