जेलमुक्त भएपछि आज फ्रेस भएर भोलि काठमाण्डौ जाँदै अभिनेता पल शाह — OSNepal

जेलमुक्त भएपछि आज फ्रेस भएर भोलि काठमाण्डौ जाँदै अभिनेता पल शाह

LC (KTM) February 27, 2023 0

उच्च अदालत पोखराले नाबालिग बलात्कारको आरोपमा सफाई दिए पछि अभिनेता पल शाह छुटेका छन् । उनी जेलमुक्त हुने बित्तिकै रिफ्रेस हुनका लागि आज पोखरा बसेका छन् । आजको बसाई पछि उनि काठमाडौं जाँदै छन् । त्यसपछि उनि काममा लाग्ने बताइएको छ ।

उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका हुन् । एक नाबालिग गायिकाले शाहले सुटिङका क्रममा बिभिन्न प्रलोभन देखाएर बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तर पछि फेरि तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर