काठमाडौं । अन्तत क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउने भएका छन् । सर्वोच्च अदालतले क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेसँगै उनी क्रिकेट खेल्न विदेश जान पाउने भएका हुन् ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।
नाबालिग ब लात्का रको मुद्दामा जिल्ला अदालत, काठमाडौंले क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएसँगै क्रिकेटर लामिछानेले बाहिर निस्केर क्रिकेट खेलीरहेका छन् ।
यसैबिच क्रिकेटर लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएसँगै उनको अपिललाई अदालतले स्विकार गरेसँगै अहिले सन्दीपका फ्यानहरु माझ खुशीयाली छाएको छ ।