काठमाडौं -पल शाहलाई स्वागत गर्न दमौलीमा समर्थकको भीड लागेको छ । उच्च अदालत पोखराबाट सफाइ पाएर आज रिहा हुन लागेका पलको स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शाह सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट रिहा हुन लागेपछि उनका समर्थक दमौलीमा पुगेका हुन् । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।
तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।१५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल आज ठीक एक वर्ष पछि सपलाइ पाएका हुन् ।