नेपालमा २० वर्षदेखि बेपत्ता भाइ खोज्न आएकी दिदीले केसम्म गरिनन् ? जान्नुहोस् दिदीले भाइका लागि गरेको सङ्घर्ष — OSNepal

नेपालमा २० वर्षदेखि बेपत्ता भाइ खोज्न आएकी दिदीले केसम्म गरिनन् ? जान्नुहोस् दिदीले भाइका लागि गरेको सङ्घर्ष

LC (KTM) February 27, 2023 0

बीस वर्ष पहिले एलेक्स रत्नसोथीले आफ्नो परिवारसमक्ष आफू “अहिलेसम्मको सबैभन्दा साहसिक यात्रा”मा जान लागेको बताएका थिए। उनी यात्रामा निस्केपछि उनको परिवारले कहिल्यै उनको खबर पाएनन्।एसेक्सको ग्रेज सहरका २३ वर्षीय उनी सन् २००३ मा नै घर फर्कने ठानिएको थियो।

सन् २००३ को फेब्रुअरीमा उनले एक महिना लामो सगरमाथा आधार शिविरतर्फको पदयात्रामा रहँदा आफू केही दिन सम्पर्कमा नहुने कुरा इमेलमार्फत् बताए।आफ्नो परिवारका लागि उनले अन्तिम सन्देशमा लेखेका थिए: “तपाईँहरूले सोचेभन्दा छिट्टै फर्कनेछु।”

तर उनी कहिल्यै फर्किएनन्।सन् २००३ को जुलाई, एलेक्सको २४ ‍औँ जन्म महिनामा उनकी दिदी डा. अन्ना क्रोजियर र उनका जेठा दाजु डा. जोएल रत्नासोथी बिदा मिलाएर नेपाल आए। त्यति बेला उनीहरूले आफ्नो भाइको जुत्तासहित सबै कुरा लुटिएको थाहा पाए। त्यसपछि उनी हराएको देखिन्छ।

दुई दशकपछि, उनीहरूका बुबाको स्वास्थ्य बिग्रँदै गएको छ। र, अचानक आफ्नो भाइबारे जानकारी पाउन “आवश्यक महसुस भएको” डा. क्रोजियर बताउँछिन्। ‘उसले हामीलाई सम्पर्क गर्थ्यो होला’एक साता अघिसम्म क्रोजियरले आफ्नो बेपत्ता भाइको मृत्यु भएको अनुमान गरेकी थिइन्।

तर, उनी बेपत्ता भएको २० औँ वर्ष पुग्न लाग्दा क्रोजियरले भाइलाई खोज्न १० महिना नेपालमा बिताएकी थिइन्। उनले त्यति बेला आफूले गरेका टिपोटहरू हेरिन्।अहिले उनले आफ्नो भाइले नभेटिन चाहेको अनुमान गरेकी छिन्।

“मैले उसको निधन भयो होला भन्ने ठानेको थिएँ वा उसले हामीलाई सम्पर्क गर्थ्यो- तर अहिले मलाई लाग्छ ऊ लुटिएपछि निकै डरायो होला,” चेल्म्सफोर्डमा रहेकी उनले भनिन्।एक व्यक्तिले उनीहरूलाई एलेक्सले स्वयंलाई एक होस्टलको कोठामा थुनेको देखेको बताएका थिए। ती व्यक्तिलाई विश्वास गर्दा एलेक्स “स्पष्ट रूपमा निकै तनावमा रहेको” हुनसक्ने उनले बताइन्।

एलेक्स अहिले उमेरले ४४ वर्षको हुने थिए। यी तमाम वर्षहरूमा कुनै पनि वार्षिकोत्सव, जन्मदिन र अन्य पारिवारिक अवसरहरूमा उनलाई सधैँ परिवार र साथीभाइहरूले सम्झिरहे।”हामीलाई हाम्रो रूखको एउटा हाँगा भाँचिएजस्तो लाग्छ,” डा क्रोजियर भन्छिन्।

“उसको ४० औँ जन्मदिनमा हामी सबैले एक अर्कालाई भेट्यौँ, त्यो क्षण निकै पीडादायी थियो। परिस्थिति दुःखद थियो किनकि त्यहाँ ऊ थिएन।

‘पीडादायी र हृदय विदारक’

उनीहरूका बुबा एन्थोनीको स्वास्थ्य बिग्रँदै जाँदा, उनीहरूसँग अन्तिम सम्पर्क भएको २० वर्ष पछि उनको भाइबारे अनुत्तरित प्रश्नहरूको जबाफ खोज्न “अचानक जरुरी” लागेको डा. क्रोजियर बताउँछिन्।

“भाइको अवस्थाबारे थाहा नपाई बुबा बित्नु भयो भने त्यो निकै पीडादायी र हृदय विदारक हुनेछ।””मलाई आशा छ ऊ जीवित छ। बरु हामीलाई सीधै सम्पर्क गर्नु पर्दैन। तर, आफू जीवित रहेको जानकारी देओस्। विशेष गरी बुबाको लागि।”

आमासमेत हुनुले डा. क्रोजियरलाई भाइ हराउनुबारे फरक दृष्टिकोण दिएको छ।”यो सबैले यथार्थमा तपाईँका लागि जीवनमा के महत्त्वपूर्ण छ भनेर महसुस गराउँछ र कदर गर्न सिकाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्ना सन्तान सुरक्षित हुनु हो। अरू सबै कुरा गौण हुन्।“

“ऊ हराउनुले परिवारमा सबैलाई गाह्रो बनाएको छ।“ डा. क्रोजियर आफ्नो भाइलाई देखेका वा उनी हराउनुबारे जानकारी हुन सक्ने जो कोहीसँग कुरा गर्न चाहन्छिन्। मानिसहरूले उनको शरीरको पछिल्लो भागमा रहेको ठूलो चिनियाँ ड्र्यागन ट्याटुजस्ता विवरणबाट पहिचान गर्नसक्ने उनी बताउँछिन्। “मेरा केही आशा जीवित छ,” उनी भन्छिन्। “तपाईँहरूले पनि कहिलेकाहीँ हराएको मान्छे वर्षौँपछि भेटिएको कथा सुन्नुहन्छ नि।” रेचल मक्मेनमी/ बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर