पेरिस – लियोनल मेसीले आफ्नो खेल जीवनको सात सयौं क्लब गोल गरेका छन् । उनको ७००औं गोलमा पीएसजी० ले आइतबार फ्रान्सेली लिग वानमा मार्सेलाई ३–० ले हराएको छ ।
अर्जेन्टिनी कप्तान मेसीले २९ औं मिनेटमा गोल गर्दै कोसेढुंगा उपलब्धि गरे । फ्नो प्रमुख प्रतिद्वन्द्वीमाथि प्राप्त यस जितपछि पीएसजीले शीर्षमा आठ अंकको अग्रता लिएको छ ।
शीर्षमा पीएसजीको ६० अंक छ भने मार्से ५२ अंकमा दोस्रो स्थानमा छ । अर्को दुई गोल केयलिन एमबापेले गरेका थिए । मेसी युरोपका ठूला पाँच लिगमा सात सय गोल गर्ने दोस्रो खेलाडी भएका हुन् । त्यस अगाडि क्रिस्टियानो रोनाल्डो थिए ।