ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, कति पुग्योे किलोको ? — OSNepal

ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, कति पुग्योे किलोको ?

LC (KTM) February 27, 2023 0

काठमाडौं- कुखुराको मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाएको हो ।कुखुराको माग बढे पनि उत्पादन घटेको जनाउँदै संघले शनिबारदेखि मूल्य बढाएको हो ।

किसानको उत्पादन घटेको बेला खपत भने घटेको देखिँदैन ।माग बढेसँगै मूल्य पनि बढेको संघले जनाएको छ । फागुन १३ गतेदेखि लागू नयाँ मूल्य प्रतिकिलो कोल्डस्टोर मूल्य २८० रुपैयाँ छ ।

माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ तोकेको थियो । फागुन २ गतेदेखि फेरि मूल्य बढाएर २ सय ६० रुपैयाँ तोकियो । मूल्य बढेको ३ दिन नबित्दै संघले छ गते नै प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ७० पुर्‍याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर