सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले माओवादी केन्द्र खोरज गर्नुपर्छ, भन्नु हास्यासपद : माओवादी केन्द्र — OSNepal

सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले माओवादी केन्द्र खोरज गर्नुपर्छ, भन्नु हास्यासपद : माओवादी केन्द्र

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । आफ्नो स्वार्थको लागि दल त्याग गरेर अर्को पार्टीमा जानेले पार्टीको खारेजीमा माग गर्नु हास्यास्पद भएको बताएका छन् । नेकपा माओवादी केन्द्रको खारेजीको माग गर्दै नेकपा एमालेका टोपबहादुर रायमाझी, मणि थापा , रामबहादुर थापा र प्रभु शाह निवार्चन आयोग जानु हस्यास्पद भएको माओवादी केन्द्रले जनाएकोम छ । आज केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ती नै जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।

‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ’ । जारी विज्ञप्तीमा भनिएको छ । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ भन्दै विज्ञप्ती मार्फत यस प्रकारको अनाधिकृत बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भन्दै आइन्दा त्यस्तो नगर्न माओवादी केन्द्रले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर