भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ ।
आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि स्थानीयले नगरबासीले आक्रमण गरेको हो । नेकपा एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आराेप लगाईएकाे छ ।
नगरको बालकुमारी हात्तीमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गरेपछि भएको विवादमा आक्रमण भएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर शिवसुन्दर श्रेष्ठले आइतबार नै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बिकास विरोधीहरु बिकास निर्माण रोक्न तल्लोस्तरमै उत्रिएको आरोप लगाए । जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरुलाई उन्मुक्ति दिन नसकिने बताए । नगरपालिकाले कानुनी कारवाही अघि बढाएको उनले जनाए ।
जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता भएकाे नकारी दिए । आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउँन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ ।
उपप्रमुख विजयकृष्णले बिकास बिरोधीहरु भौतिक आक्रमण मै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताएका छन् । आफूलाई यसले बिचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई अविचलितरुपमा जनसेवामा जुटिरहने उनको भनाई छ ।