काठमाडौं-मोडल तथा अभिनेत्री निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। घिमिरेले केही दिनअघि दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भई श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
गत २१ गते भेन्टिलेटरमा राखिएकी घिमिरेलाई २३ गते नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ।दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ ।
्नर्भिक अस्पतालकी प्रबन्धक तथा निर्देशक मेघा चौधरीले उद्धार गरी उपचार सुरु गरेकी थिइन् । मेघाले निशालाई गत जेठ २७ गते उद्धार गरी शुरूवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम खटाएकी छिन्।