माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको पार्टी हो — OSNepal

माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको पार्टी हो

LC (KTM) July 09, 2021 0

काठमाडौं २५ असार । पुर्व माओवादीका नेकपा (एमाले) प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र तत्काल खोरज गर्नुपर्ने माघ सहित निवार्चन आयोग पुगेका छन् । टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी नेताहरु आयोग पुगेका हुन् ।

पार्टी परिवर्तन गरेर कारवाहीमा परेका यी नेताहरुले मन्त्री पद समेत गुमाएका थिए । आज आयोग पुगेका रायमाझीले विधि, विधान र संविधानविपरित चलेको माओवादी केन्द्र तत्काल खारेज हुनुपर्छ भन्दै माग गरेका छन् ।

यस विषयमा आयोगले छिटो निणर्य गर्नुपर्ने बताएका रायमाझीले ,‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । दल सम्बन्धि ऐनमा हरेक पाँच पाँच वर्षमा पार्टीको महाधिवेशन हुनुपर्ने नियम भएतापीन माओवादी केन्द्रले नौ वर्ष देखि महाधिवेशन गर्न सकेको छैन ।

‘करिब करिब २८-३० वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो । तर, त्यो पनि नाम मात्रैको थियो । २०६९ सालमा । त्यसलाई वैधानिक मानिएपनि । तर, त्यस्तो प्रकारको प्रतिष्पर्धा भएन । ताली पिट्ने काम मात्रै भयो । अहिले २०७८ साल भयो । ९ वर्षसम्म अर्को महाधिवेशन भएको छैन् । २०७५ मा एमालेसँग एकता भयो । २ वर्ष त नेकपाको रुपमा रहया, त्यसलाई मान्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको ७ वर्ष भयो । दलसम्बन्धी ऐनमा के भनिएको छ भने प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी कहाँ पुगिसक्यो । आकाश पाताल कहाँ पुगिसक्यो । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न मिल्छ रु यो असंवैधानिक कदम भयो नि ।’ रायमाझीले भने ।

आयोगले निणर्य गर्दा विधि, विधान र संविधानलाई आत्मसात् गरिदियोस् भन्ने एमाले नेताहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर