काठमाडौं, फागुन १४ – साताको पहिलो कारोबार दिन खाज सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मुल्य तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी १५ रुपैयाँ घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।