'प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व निर्वाह नगरेर मौन भूमिका शून्य बस्नु भनेको प्रधानमन्त्री ओलीको जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो' — OSNepal

‘प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व निर्वाह नगरेर मौन भूमिका शून्य बस्नु भनेको प्रधानमन्त्री ओलीको जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो’

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति सरकारले गम्भिरता नदेखाएको प्रति आपत्ती जनाएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी ओली जिम्मेवारीबाट पन्छिएको बताएका छन् ।

‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुईमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो ’ आज शुक्रबार जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस विषयमा चासो कुलपति समेत रहेका प्रधानमन्त्री ओलीलाई नहुनु दुःखद कुरा भएको विज्ञप्तीमा भनिएको छ । ‘अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ’ विज्ञप्तीमा भनिएको छ ,’प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न ।

विगत २५ दिन देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर