विपक्षी गठबन्धनलाई बलियो बनाउँदै जाने काम गरेर नेपालले इतिहासमै कलंकित काम गरे : सचेतक भट्टराई — OSNepal

विपक्षी गठबन्धनलाई बलियो बनाउँदै जाने काम गरेर नेपालले इतिहासमै कलंकित काम गरे : सचेतक भट्टराई

LC (KTM) July 09, 2021 0

काठमाडौं २५ असार । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनलाई बलियो बनाउँदै जाने काम गरेर इतिहासमै कलंकित काम खुलासा गरेका छन् ।

आज विहान एक कार्यक्रम मार्फत सचेतक भट्टराईले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्री केपी ओलीलाई काम नै गर्न नदिएर संसद विघटन गर्न वाध्य बनाउने पनि नेता नेपाल भएको भट्टराईको आरोप रहेको छ । कार्यक्रम मार्फत उनले पार्टी एकता भने हुने दावी समेत गरेका छन् । निरन्तर भइरहेको कार्यदलको बैठकले पार्टीलाई एक गराएरै झाड्ने उनले बताएका छन् । नेपालमाथि भट्टराईले कुर्सीको बार्गेनिङ गरिरहेको गम्भीर आरोप समेत लगाएका छन् ।

‘माधव नेपालले अहिलेपनि आफूलाई करेक्सन गरेर, म पार्टीमा क्रियाशिल हुन्छु, म पद केन्द्रित हुन्न, मलाई अधिकार चाहियो भनेर म भन्दिनँ म महाधिवेशनमा पराजित भएको नेता हो, दशौं महाधिवेशन म कुर्छु, कार्यकर्ताको विश्वास जित्छु भनेर बस्नुपर्नेमा कुर्सीको बार्गेनिङ गरिरहेको भट्टराईले बताएका छन् ।

आफ्नो पावरको बार्गेनिङ गर्दै आएका नेपालले कालान्तरमा ठुलो घाटा ब्यहोर्ने भट्टराईको ठहर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर