काठमाडौँ – साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार गरिएको छ । दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई सकुशल उद्धार गरी नेपाल ल्याइएको हो ।
आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गए पछि उनी अलपत्र परेकी थिइन् ।
गैर-आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत बुधबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।