पौडेल पक्षबाट आधा भन्दा बढी सभापति पदको लागि आकांक्षी भएपछि,सभापतिको टुंगो लगाउन आज बैठक बस्दै — OSNepal

पौडेल पक्षबाट आधा भन्दा बढी सभापति पदको लागि आकांक्षी भएपछि,सभापतिको टुंगो लगाउन आज बैठक बस्दै

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि सभापति उम्मेदवारमा आकाक्षी नेताहरु बिच छलफल हुने भएको छ । आज अपरान्ह्र ४ बजे वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट सभापतिका आकांक्षीहरूबीच छलफल हुन लागेको हो ।

पौडेल पक्षबाट वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला र कल्याण गुरुङले समेत सभापतिमा पदको लागि दाबी गर्दै आएका छन् ।

महाधिवेशन नजिकिदै गर्दा पौडेल पक्षमा आधा भन्दा बढी सभापति पदको लागि आकांक्षी देखाएसँगै सभापति उम्मेदवारको टुंग्गो लगाउन आज बैठक बस्न लागेको हो ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर