अभिनयले भिलेनको रुपमा परिचय बनाए पनि पछिल्लो समय रियल हिरोका रुपमा देखिएका बलिउडका अभिनेता सोनू सुद हरेक परिस्थितीमा सबै नागरिकको दुःखमा संगै रहेका छन् । उनको चर्चा भारतमा मात्र हैन देशबिदेशमा समेत फैलिएको छ ।
उनी कोरोनाको यो महामारीको बेला भगवानकै रुपमा देखिएका छन् । यसैक्रममा भारतको आन्ध्र प्रदेश स्थित नेल्लोरका स्थानीयले सोनु सुदलाई पूजा गरेका छन्। उनीहरुले भगवान भन्दै पुजा गरेका हुन् । उनको फोटोमा आरती सहित स्थानीयले भब्य पुजाआजा गरेका हुन् । उनको पुजा हुनुको कारण भने नेल्लोरमा अक्सिजन प्लान्ट बनाएर हो ।
उनले त्यहा अक्सिजनको पर्याप्तता नभए पछि प्लान्टको नै स्थापना गरिदिएका छन् । आन्ध्र प्रदेशको नेल्लोरमा पहिलो अक्सिजन प्लान्ट लगाएर उनले जनमानसमा फैलिएका छन् । सिलिन्डरले भरिएका ट्रकहरूमा सुदको फोटो टाँसिएको थियो। उनको फोटोमा पुजा गर्दै उनको जयजयकार गरिएको थियो । उनीहरुले पुजाआजा सहित देशभक्तिको नारा समेत गुन्जाएका थिए ।
सोनुको यसरी पुजा गरिएको भिडीयो स्यंम उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले भिडियो शेयर गर्दै लेखेका छन् अक्सिजन प्लान्टको स्वागतका लागि धन्यवाद नेल्लोर। यी अक्सिजनले धेरैको ज्यान जोगाउनेछ भन्ने आशा गरेको छु।’ लेखेका छन्। पछिल्ला दिनमा उनले कोरोना बिरामीको मात्रै होइन, गरिबहरूका लागि पनि सहयोग गर्दै आइरहेका छन्। उनको यो कार्यले धेरैको मन जितिरहेको छ ।