बिहान पूजा गर्नाले दिमाग तीब्र रुपमा चल्दछ — OSNepal

बिहान पूजा गर्नाले दिमाग तीब्र रुपमा चल्दछ

LC (KTM) February 23, 2023 0

काठमाडौं – नेपाली धर्म परम्परा अनुसार धेरै जसो भगवान्‌को पूजापाठ सबेरै गर्ने गरिन्छ । यसरी एका बिहानै पुजा पाठ र भक्तिभावमा तल्लीन रहनु शास्त्रीय दृष्टिकोण अनुसार एकदमै राम्रो मानिन्छ भने बिज्ञानले पनि बिहानको समयलाई उर्जावान समयको रुपमा मान्दै आएको छ । सोचेर हेर्दा भगवानको पुजा पाठ जुन कुनै समयमा पनि सच्चा मनले गर्न सकिन्छ ।

तर पूजा गर्नुको विशेष महत्व मुहूर्तमा हुने गरेकोले यसलाई सबैले पछ्याई रहेका हुन्छन् । बिहानबिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन । भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ । हामी प्रायः जसो दिनभर काममा ब्यस्त रहने गर्छौ । अनेकौ दौडधुप र लछारो दिउँसो नै हुने गर्छ । जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ ।

कामले गर्दा मन अशान्त हुने गर्दछ । यस्तो अवस्थामा पूजा गर्न निकै मुस्किल हुने गर्दछ । त्यसैले सबै कुरालाई मध्यनजर गर्दै बिहानको मुहूर्त पूजाका लागि निकै उत्तम हुने गर्दछ । जहाँ शान्ति र कुनै पनि अधार्मिक कुरा नहुने पूजाबाट भगवान प्रसन्न हुने गर्दछन् । बिहान गरेको पूजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ की हाम्रो तनाव तथा समस्या हट्ने गर्दछ । दिमाग तीब्र रुपमा चल्दछ भने मन पनि एकाग्र हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर