शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्रशासनको पहिलो प्रथामिकता : प्रजिअ प्रसाई — OSNepal

शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्रशासनको पहिलो प्रथामिकता : प्रजिअ प्रसाई

LC (KTM) July 09, 2021 0

विजय रावत/जुम्ला , २५ असार : जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्रशासनको पहिलो प्रथामिकता रहेको बताउनुभयो ।
सुशासन कायम गर्दै कुरीति विरुद्धको अभियानलाई प्रशासनले कडा बनाउदै लैजाने छ प्रजिअ प्रसाई भन्नुभयो ,” जिल्लाको सुशासन, कुरीति र बिसंगतिलाई अन्त्य गर्ने सबैको सहयोग र समन्वय अति अावश्यक रहेको छ । जिल्लाको सुशासन कायम गर्दै समृद्वि हासिल गर्न यहाँका सराेकारवालाकाे साथ रहने मा अाफु विश्वास रहेको प्रजिअ प्रसाई बताउनुभयो । ” प्रमुख जिल्ला अधिकारीका रुपमा जुम्ला आउनु भएकी प्रसाईले पत्रकार भेटघाटका क्रममा जिल्लाको समग्र शान्ति सुरक्षा, विकास निर्माण र विकृति बिसंगित विरुद्धको अभियानमा सबैसंग सहकार्य र समन्वय गरेर अधि बढ्ने र जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउनु सबैको साझा दायित्व हो ।

प्रभावकारी सेवा प्रवाह र सुशासन कायम राख्नु पहिलो प्राथमिकता मेरो रहेको छ । स्थानीयतह र पत्रकार संग छलफल गरेर जिल्ला प्रशासन कार्यालयको बार्षिक कार्ययोजना निर्माण गर्ने प्रजिअ प्रसाईले बताउनुभयो ।बजार अनुगमन, समाजमा हुने झै झगडा, हिंसात्मक कार्यहरुको मेलमिलापको जिम्मेवारी नजिकैको स्थानीय सरकारलाई तोकिएकोले आवश्यक परेको खण्डमा शान्ति सुरक्षा प्रदान गर्नु प्रशासन कार्यालयको जिम्मेवारी रहेको प्रजिअ प्रसाईले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयको सेवाप्रवाह गर्दा नागरिक वडापत्रमा लेखिएका कार्यलाई खसभाषामा रेकर्ड गरेर अडियोबाट प्रसारण गरिने प्रजिअ प्रसाईले भन्नुभयो ,” यो मेरो पहिलो काम हुने छ ।

सुशासन कायम गर्न ‘शुन्य सहनशिलता’ अपनाइने छ । शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रशासन सेवामूलक काम लाई विशेष ध्यान दिएको छु । इमान्दार र भ्रष्टचार नियन्त्रण भएपछि मात्र समाज र जनताले परिर्वतनको महशुल गर्न सक्छन् प्रजिअ प्रसाईले बताउनुभयो । ” पत्रकारहरुले महिला तथा बालबालिकाका र जातीय विभेदका जाहेरी प्रहरीले सहजै दर्ता गर्न नमानेको,प्रहरी प्रशासन निष्पक्ष नभएको र पहुँचवालाको मात्रै गुनासो सुनुवाइ हुने गरेको भन्दै सबै संग प्रभावकारी समन्वय गर्न सुझाव दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले पत्रकारहरुले उठान गरेका बिषयबस्तु प्रतिअाफु गम्भीर रुपमा लिएको बताउनुभयो । कुनै पनि उजुरी आउँदा प्रकृति हेरेर मात्रै दर्ता हुने गरेका छन । प्रहरीले पनि कानुनमा टेकेर काम गर्नु हाे । प्रहरी जहिले पनि संवेदनशिल,सक्षम र तटस्थ रुपमा काम गर्ने राज्यको कुशल संस्था हो । जुम्लाको शान्ति सुरक्षा लगायतमा काम गर्न ठुलो चुनौती रहेको छ । प्रत्येक प्रहरी चौकीमा दरबन्दी छैन । एक चौकिमा ६ जना प्रहरी राखेर सुरक्षा जिम्मेवारी पुरा गर्नु पर्ने बाध्यता रहेको डिएसपी थापाले बताउनुभयो ।

Attachments area

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर