टिकटकमा विश्वभर भाइरल बन्दै एलिनाको ‘मिनरल वाटर’ — OSNepal

टिकटकमा विश्वभर भाइरल बन्दै एलिनाको ‘मिनरल वाटर’

LC (KTM) February 22, 2023 0

काठमाडौँ । युट्युबमा निकै नै चर्चित बनेको गीत ‘मिनरल वाटर’ अहिले अन्तर्राष्ट्रिय रुपमै भाइरल बन्न पुगेको छ । विदेशी मुलुकका टिकटक प्रयोगकर्ताले समेत ‘मिनरल वाटर’ बोलको गीतको क्लिपमा भिडियो बनाउँदै व्यापक सेयर गरिरहेका छन् ।

एलिना चौहान, रचना रिमाल, भीम बिष्ट र जिवेश गुरुङको स्वर रहेको ‘मिनरल वाटर’ दुई वर्षअघि रिलिज भएको गीत अहिले आएर चर्चामा चुलीएको हो । हालै कैलालीको टीकापुरमा आयोजित महोत्सवमा गायिका चौहानले यो गीत गाउँदा मन्त्रमुग्ध दर्शकले गरेको हाउभाउ र शैलीले चर्चा पाएसँगै एलिनाको यो गीत विश्वभर भाइरल बन्न पुगेको हो ।

यो गीत अहिले आएर मलेसिया, बंगलादेश, सुडान, इथियोपियासहित केही पूर्वी एसियाली मुलुक र ल्याटिन अमेरिकी मुलुक तथा रुस, स्पेन, इण्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया लगायतका देशहरुमा भाइरल बनिरहेको छ । बार समातेर गीतको भावमा डुबेर डाढ नुघाएर टाउको हल्लाउँदै आँखा चिम्लेन गाउने शैलीमा बनेका टिकटकहरु अहिले विश्वभर भाइरल बनिरहेको छन् ।

अंग्रेजी शब्द ‘मिनरल वाटर’ भएकाले अन्तर्राष्ट्रिय रुपमै सबैले बुझ्न सजिलो भएका कारण पनि गीत यसरी टिकटकमा भाइरल बन्न पुगेको हो । भीम बिष्टको शब्द तथा संगीत रहेको यो गीत दुई वर्षअघि रिलिज भएको थियो । गीत टिकटकमा सर्वाधिक चर्चामा रहेसँगै युट्युबमा समेत यसको भ्यूज ह्वात्तै बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर