एमाले एकताको नाममा लगातार बैठक बसेपनि छैन प्रगति, ‘पेन्डुलम’ बन्दै नेताहरू ! — OSNepal

एमाले एकताको नाममा लगातार बैठक बसेपनि छैन प्रगति, ‘पेन्डुलम’ बन्दै नेताहरू !

LC (KTM) July 09, 2021 0

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।

नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र शुक्रबार पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।

नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छांै कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पु¥याउनेछ, हामी भोलि (शुक्रबार) पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने ।

यसअघि बिहीबार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए । तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन ।

एमालेका उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुषालले कार्यदलभित्र कुनै सहमति हुन नसकेको बताए । विगत १० दिनअघि एमालेमा जुन विवाद थियो त्योभन्दा अघि थप कुनै प्रगति नभएको उनले बताए । बिहीबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि थप छलफल अगाडि बढ्न सकेन । एमाले उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने कारणले कार्यदलको बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।

‘हामी १० दिनअघि जहाँ थियांै, आज पनि त्यही छौं । १० दिन अघि केही एजेन्डाहरू तय गरेका थियौं । विभिन्न कारणले हामी ठोस र मूर्त योगदान गर्न सकेका छैनौं । कुनै प्रगति भएको छैन,’ भुषालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर