काठमाडौं – लण्डनमा नेपालीको घरबाट २ सय तोला सुनको गरगहना चोरी भएको छ । क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो ।
घरमा १३ बर्षिय बालक मात्र भएको मौका छोपेर चोरले उक्त गहना चोरेर लगेको बताइएको छ । गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएको र त्यो पनि चोरी भएको बताइएको छ ।
आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको गुरुङले बताए । ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचलाउन भन्दै बन्दी बनाएको बताइएको छ । यस अघि बेलायतमै चोरीको घट्ना भएको बताइएको छ ।