भारतीय टेलिभिजन जगतकी पपुलर अभिनेत्री श्वेता तिवारी सामाजिक सञ्जालमा निक्कै सक्रिय रहने गरेकी छिन् । कहिले पति संगको बिबाद त कहिले नयाँ लुक्सका कारण उनी काफी चर्चामा रहने गरेकी छिन् । उनी भारतीय टेलीभिजन रियालिटी शो ‘खतरो के खिलाडी’को एक प्रतिष्पर्धी समेत हुन् ।
उनले यस शो को ग्रान्ड लन्चिममा देखिएको उनको लुक्सका कारण सर्वत्र चर्चा चुलिएको छ । उनले लगाएको पहिरन यस शो का अन्य प्रतियोगी भन्दा बिल्कुलै फरक र नयाँ खालको देख्न सकिन्थ्यो । उनको यो लुक्सले सबैको ध्यान खिचेको छ । झट्ट हेर्दा कोर्ट पेन्ट जस्तो देखिने लुगा लगाएकी तिवारीको उक्त आउटफिट निकै अनौठो र आकर्षक देख्न सकिन्छ ।
उनको पहिरनमा अनेक रंगबिरंग देख्न सकिन्छ । उनको ड्रेसमा हरियो, रातो, निलो रंगहरुले भरिएको थियो । उनको यो पहिरन सहितको लुक्सले अहिले सामाजिक सञ्जाल खुब तातेको छ ।