आज भारी वर्षाको सम्भाबना, उच्च सर्तकता अपनाउन महाशाखाको आग्रह — OSNepal

आज भारी वर्षाको सम्भाबना, उच्च सर्तकता अपनाउन महाशाखाको आग्रह

LC (KTM) July 09, 2021 0

काठमाडौँ -अहिले पनि देशका विभिन्न ठाँउमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनजाउन आग्रह गरिएको छ ।

त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर