विकास बजेटका नाममा दिनहुँ हुन्छ ब्रमलुट, असारे भेलसँगै बगाइने यो परिपाटी आखिर कहिलेसम्म ? — OSNepal

विकास बजेटका नाममा दिनहुँ हुन्छ ब्रमलुट, असारे भेलसँगै बगाइने यो परिपाटी आखिर कहिलेसम्म ?

LC (KTM) July 09, 2021 0

काठमाडौँ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा पक्की सडक निर्माणका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते सम्झौता ग¥यो।

भ्याटबाहेक ३४ लाख १७ हजार रूपैयाँमा पालिकाले गरेको सम्झौताअनुसार असार २५ गतेसम्म निर्माण सम्पन्न सक्नुपर्नेछ। यो सडक निर्माणमा व्यापक अनियमितता भएको पनि पाइएको छ।

हिलाम्मे माटोमा रड ओछ्याएर ढलान गरिएको छ। हिलोमाथि भइरहेको ढलान रोक्न केही स्थानीयले पालिकाका इन्जिनियर राधेश्याम यादव र प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोको ध्यानाकर्षण गराउँदासमेत वास्ता गरिएको छैन।

स्थानीय अगुवा सञ्जय यादवका अनुसार यो पक्की ढलान होइन, सीधै अनियमितता हो । याे खबर नागरिक दैनिकमा छ ।‘यो विकास नभई सरकारी सम्पत्तिको दुरुष्योग हो’, यादवले भने, ‘हिलाम्मे सडकमा ढलान गर्न कुन प्राविधिकले स्वीकृति दियो ? पालिकामा अनियमितताको यो नमुनामात्र हो। पालिकाका कर्मचारीदेखि पदाधिकारीको मिलेमतोमा निर्माणदेखि कर्मचारी भर्नामा अनियमितता हुँदै आएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर