चीनले दिने भनेके ४० लाख डोज खोपमध्ये १० लाख भेरोसेल खोप पहिलो चरणमा ल्याइदै, पालै पालै सबैलाई खोप दिइने — OSNepal

चीनले दिने भनेके ४० लाख डोज खोपमध्ये १० लाख भेरोसेल खोप पहिलो चरणमा ल्याइदै, पालै पालै सबैलाई खोप दिइने

LC (KTM) July 09, 2021 0

काठमाडौं – चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।

सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ ।

कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउँदै छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ । त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइँदै छ । यो खोप ६० वर्षमुनिका उमेर समूहका नागरिकलाई प्राथमिकताको आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर