कहिले काही खेल मैदानमा अनेक घटनाहरु घट्न पुग्छन् । खेल मैदानमा जनावर देखी लिएर दर्शकले सम्म डिस्टर्ब गरिरहेका हुन्छन् । अनौठो घटनाहरु फुटबल ईतिहासमा रहेको छ । तर यसपालीको युरोकपमा डेनमार्कका खेलाडी एरिक्सन हृदयघात भएर ढलेको घटना सेलाउन नपाउँदै अर्काे सनसनीपुर्ण घटना बाहिर आएको छ ।
यसै घटनाका कारण युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड एफएमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेलमा खेल भावना विपरित कार्य भएको पाईएपछि यूईएफएले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
घटना के भएको थियो भन्दा डेनमार्कका गोल किप्परलाई लक्षित गरी लेजर लाईटको प्रयोग गरिएको थियो । त्यो पनि एकदमै संबेदनशिल मोडमा लेजर लाईटको प्रयोग भएको थियो । डेनमार्कमा गोलकिपर कास्परलाई लक्षित गरि दर्शकबाट लेजर लाइट को प्रयोग भएको थियो । जब खेल एक एकको बराबरीमा थियो र अतिरिक्त समयका धकेलिएको थियो त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो ।
पेनाल्टी प्रहार गर्ने लाग्दा डेनमार्कका गोल किप्परको आँखामा पर्ने गरि लेजर लाईट हानिएको थियो । उक्त बेला इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्न लागेका थिए । लेजर लाईटका बाबजुद पनि कास्परले ह्यारीको पेनाल्टी त रोके तर रिबाउण्ड भएको बल लाई ह्यारीले सदुपयोग गरेका थिए । यहि गोलले इंग्ल्याण्डलाई फाईनलमा प्रबेश गराएको थियो । उक्त खेलमा भएको खेल भावना विपरित घटनाबारे यूईएफएले छानबिन थालेको जनाएको छ ।