पार्टी एकता हुन्छ भन्दै आएको कार्यदलको बैठक, आज पनि विना निष्कर्ष सम्पन्न — OSNepal

पार्टी एकता हुन्छ भन्दै आएको कार्यदलको बैठक, आज पनि विना निष्कर्ष सम्पन्न

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । नेकपा (एमाले) को आज साँझ बसेको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल आजको बैठकले निष्कर्ष दिने भनिएता पनि बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको हो ।

माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसालले निरन्तर बसेको कार्यदलको बैठकमा कुनै प्रगति नभएको बताएका छन् । पछिल्लो दश दिन यता कुनै प्रगति नभएको भुसालले बताएका छन् । केपी ओली पक्षका सुवास नेम्वाङले वार्ता सकारात्मक भएको बताउन्दै आएका पनि आजको बैठकमा सहमतिको खाका कोर्ने भनिएको थियो ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर