काठमाडौं, ६ फागुन । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ।
नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।