संगीता बिजलानीले यसकारण सलमान खान संग बिबाह तोडेकी थिईन् , दबंग सलमान आफैले स्वीकारेका थिए गल्ती — OSNepal

संगीता बिजलानीले यसकारण सलमान खान संग बिबाह तोडेकी थिईन् , दबंग सलमान आफैले स्वीकारेका थिए गल्ती

LC (KTM) July 08, 2021 0

८०–९० को दशककी जानिएकी मानिएकी अभिनेत्री संगीता बिजलानी आफ्नो ६१ औ जन्म दिन मनाईरहेकी छिन् । १९८० मा मिस ईण्डियाको उपाधी जितेपछि संगीताले १९८८ मा फिल्म कातिल बाट बलिउडमा डेब्यु गरेकी थिईन् ।

यसपछि उनले त्रिदेब, हतियार, जुर्म, योद्धा तथा लक्ष्मण रेखा जस्ता फिल्ममा काम गरिन् । संगीता बिजलानीलाई जति फिल्ममा चिनिएकी छिन् त्यतिले सलमान खान संगको सम्बन्धका कारण चिन्ने गरेका छन् । संगीता संग सलमान खानको अफेयर चलिरहेको थियो । संगीतालाई थाहा भयो कि सलमानले उनलाई धोका दिईरहेका छन् ।

सलमानको जिन्दगीमा उक्त बेला सोमी अली आईसकेकी थिईन् । सोमी संग सलमान एकदमै लामो समय बिताउन सुरु गरिसकेका थिए । संगीतालाई यो कुरा सह्य भएन र अघि बढ्ने फैसला लिएकी थिईन् । सलमान खान फिल्ममा आउनु अघि नै सलमान र उनको माया बसिसकेको थियो । यी दुबै जनाको भेट जिमखानामा भएको थियो । यसपछि उनीहरुको मायाको खुब चर्चा भएको थियो । दुई जनाको बिबाह सम्म कुरा पुगेको थियो ।

सलमान खानको बायोग्राफी बीइंग सलमानमा यस कुराको जिकिर गरिएको छ कि सन् १९९४ मे २७ मा उनीहरुको बिबाह हुनेवाला थियो । दुई जनाकै बिबाहको कार्ड समेत छापिसकेको थियो । कैयौ पटक सलमान आफैले नि यो कुरा गरेका थिए कि आफ्नै कारण बिबाह तोडिएको थियो । १९९६ मा संगीताले क्रिकेटर मोहम्मद अजहरुद्धीन संग बिबाह गरेकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर