सोमबार देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टी एकता गरौँला त ? — OSNepal

सोमबार देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टी एकता गरौँला त ?

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरवारस्थित अर्थमन्त्रालयलमा शुरु भएको छ । पार्टी एकतालाई अन्तिम निष्कर्ष दिन दोस्रो तहका नेताहरुको कार्यदलले निरन्तर प्रयास गरिरहेको छ ।

बैठक बस्नु अगावै कार्यदलका सदस्य रघुजी पन्तले आजको बैठकमा सहमतिको मस्यौदामा टुंिगने बताउँदै बैठक रुममा छिरेका छन् । अध्यक्ष केपी ओलीको तर्फबाट सुवास नेम्वाङ र अर्का वरिष्ठ नेता माधव नेपालको तर्फबाट भीम रावलको संयोजकमा बनेको कार्यदलले आज पार्टीको विवाद टुंग्याउछ या फुटको अवस्था र्सिजना गर्छ यो सबैको चासोको विषय बनेको छ ।

दुवै पक्षका केहि नेताहरुले भने पार्टी एकता पक्का हुने दावी समेत गरेका छन् । अदालतको निणर्य जे आएपनि पार्टी एकता हुने भन्दै कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्
। सोमबार देखि निरन्तर छलफल गरिरहेका कार्यदलका सदस्यहरुले आजको बैठकमा पार्टी एकता गरेर छाड्ने समेत बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर