चीन–अमेरिका दुई देशको हितमा सहकार्य — OSNepal

चीन–अमेरिका दुई देशको हितमा सहकार्य

LC (KTM) February 16, 2023 0

बेइजिङ – चीन–अमेरिका आर्थिक र व्यापारिक सहयोग चिनियाँ र अमेरिकी जनताको हितअनुरूप रहेको र विश्व आर्थिक वृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।

सन् २०२२ मा प्राप्त दुवै पक्षको तथ्याङ्कले दुई देशको द्विपक्षीय व्यापार उच्चतम विन्दुमा पुगेको देखाएको छ जसले चीन–अमेरिकाको व्यापारिक साझेदारीलाई झल्काउँछ । व्यापार र दुई देशको आर्थिक संरचना एकदमै पूरक छन् र चीन–अमेरिका व्यापार एकअर्काका लागि लाभदायीसमेत रहेको मन्त्रालयका प्रवक्ता सु जुएटिङले बताएका छन् । शुले अमेरिकन चेम्बर अफ कमर्स इन चाइनाले हालै उल्लेख गरेअनुसार अमेरिकी कम्पनीहरूका लागि चिनियाँ बजार “विकल्प होइन तर आवश्यक रहेको र नयाँ विकासका अवसरहरू सृजना गर्न थप काम गर्ने बताएका थिए ।

उनका अनुसार अमेरिका–चीन बिजनेस काउन्सिलले संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापारिक गतिविधिलाई जोड्ने रणनीतिक संयन्त्र भनेको र दुई देशका जनतालाई फाइदा पुगेको छ ।प्रवक्ताले भनेका छन् – चीनले सधैँ खुला सहयोगमा अडिग रहने र विकासको माध्यमबाट विश्वका लागि अवसरहरू उपलब्ध गराउने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर