प्रधानमन्त्री ओली भन्छन् -पानीसराको औषधी कालो तिल हो — OSNepal

प्रधानमन्त्री ओली भन्छन् -पानीसराको औषधी कालो तिल हो

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन नसकिन बताएका छन् । आज बिहिबार एक पुस्तामै विद्धान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्वान हुन सकिन्छ । हामीले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं ।’

पूर्वजहरूले छाडेका ज्ञानलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्र विषय विज्ञता हासिल गर्न सकिने बताएका छन् । पुर्वजहरुको ज्ञानको अनुशरण गर्ने भन्दै ओलीले पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउ आग्रह समेत गरेका छन् ।

‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधी चाहिँ बताइदिएँ । म आफैंलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । र, दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले । साधारण औषधी कालो तिल आफैंले चपाएर थपकथपक लगाइदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर